कथा उनको हो या मेरो ?

म आफुलाई नायक सोचेको थिए । उनको भरिएको जुठो जवानीमा मलाई झुलाई रहिन् । मेरो चोखो मायामा तिनले बदनाम गराईन् । मेरो जानवी..... नानीहरू..... श्रीमान् अरबमा....दुई जिउकी.....। बसमा केही मान्छे गाइगुइ गर्दै थिए। केटाको खै के मा हो जागिरे छ रे ! खालि फोनमा बोलिरहेकि हुन्थिन्। मोटरसाइकलमा हिड्छे। श्रीमान अरब बाट आउदै छ रे ! अाजै झुन्डिछे, हेर्दा दुई जिउ झै देखिन्थी । बिचरा साना साना दुई नानीहरूको बिजोग .....।

म खलनायको पात्र भएर भाग्दै छु ।

हत्तपत्त गाडि रोके अाधा बाटो मै उत्रिए। मोबाईल फोन फेरी बज्न थाल्यो । अनेकौ मान्छेको प्रश्नहरु अोईरिन थाल्यो । तिमी को हो ? घर कहाँ हो ? एउटाले भनि हाल्यो तिमीलाई पनि त्यही रुखमा झुण्डाउनु पर्छ ।दिमाख ले केही सोच्नै सकेन।

उनले त मलाई अबिबाहित भनेर ढाटेकी थिई । सिन्दुर पोते बिना नै दुई सन्तानकी आमा भएर , म अचेतन लरबराउदै उनको झुण्डिएको लासको खुट्टा समाउदै गिडगिडाउदै म झसंग बिउझिए । बिदेशी अनकन्टार अरबको भुमीमा आफ्नो देश फर्कने धुनमा देखेको सपना ! कथा उनको हो या मेरो ?

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

What is healthy Living / Vestige in Nepal?

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.