इन्टरनेटमा महिलाहरु अझै असुरक्षित

काठमाडौं – इन्टरनेट महिलाहरुका लागि अझै सुरक्षित नरहेको एउटा अध्ययनले देखाएको छ  ।
एक रिर्पोट अनुसार इन्टरनेटमा ५० प्रतिशत महिलाहरुले कुनै न कुनै रुपमा ‘अनलाईन एब्युज’को सामना गर्नु पर्ने उल्लेख छ ।
यसैकारण कयौँ महिलाहरुले आफ्नो जागिर तथा कयौँ प्रभावशाली महिलाहरुले आफ्नो सोशल मिडिया अकाउन्ट बन्द गर्नु परेको बताइन्छ ।
वर्ल्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु) ३१ औँ वर्षमा प्रवेश गरेपनि डब्ल्युडब्ल्युडब्ल्युका फाउन्डर टिम बर्नर्स लीले ३१ विश्वका अलग अलग सरकारहरु र टेक कम्पनीहरुलाई इन्टरनेटमा लैगिंक समानता बढाउने काम प्रमुख रुपमा गर्न आग्रह पनि गरे ।
टिमले आफ्नो ओपन लेटरमा डब्ल्युडब्ल्युडब्ल्यु ले महिलाहरु र युवतीहरुको पक्षमा काम नगरेको बताएका छन् ।
उनले महिला, बालीकाहरु र एलजीबिटीक्यू समुदायका मानिसहरु इन्टरनेट एब्युजको सिकार हुनु पर्ने उल्लेख गर्दै विश्वका सबै महिलाहरु र पुरुषहरुले यसको बारेमा सोच्न आवश्यक रहेका जनाएका छन् ।
उनले लैगिंक समानता र महिला अधिकार एउटा सभ्य समाजका लागि आवस्यक रहेको जनाएका छन । यसबाहेक उनले विश्वका फरक फरक क्षेत्रमा इन्टरनेटको प्रयोगमा महिला र पुरुषबीच रहेको भिन्नताको एक आंकडा पनि शेयर गरेका छन ।
वर्ल्ड वाइड वेब फाउन्डेशनकोआकंडा अनुसार इन्टरनेटमा महिलाहरु निकै पछि रहेका छन । फाउन्डेशनले विश्वका फरक फरक क्षेत्रहरुको तथ्यांक सार्वजनिक गरेको छ ।
दक्षिण एशियाका मात्रै १८ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गरेको उल्लेख छ ।
यस्तै साउथ ईस्ट एशियाका ६० प्रतिशत महिलाहरु, ईस्ट एशियाका ८३ प्रतिशत महिलाहरु र सेन्ट्रल एशियाका ५७ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गर्ने देखाइएको छ ।

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

7 Steps to Transform Your Life (तपाईंको जीवन परिवर्तन गर्न 7 चरणहरू)