जोर्नी खिइने समस्या : ५ लक्षण र उपचार

उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । यो समस्या विशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ।



जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या जोसुकैलाई हुनसक्छ । जोर्नी मात्र खिइने समस्यालाई आर्थाइटिस भनिन्छ । तर, उमेर पुगेपछि देखिने जोर्नी खिइने समस्यालाई भने अस्टिओ आर्थाइटिस भनिन्छ।

प्रायः अस्टिओ आर्थाइटिस महिलामा ५०/६० र पुरुषमा ६०/७० वर्ष पुगेपछि देखिन्छ । शारीरिक बनावटका कारण पुरुषको तुलनामा महिलामा यो समस्या केही वर्ष अगाडि नै देखिन्छ । महिलाको जाँघ÷तिघ्रामा बोसोको मात्रा बढी हुने भएकाले घुँडाको जोर्नी खिइने समस्या बढी देखिन्छ।

यो समस्याबाट बँच्न महिनावारी बन्द भएका महिलाले क्याल्सियमयुक्त खाना बढी खाने र नियमित व्यायाम गरेर तौल घटाउनुपर्छ । शारीरिक व्यायाम गर्दा दौडिने होइन, समथर मैदानमा छिटोछिटो गरी हिँड्नुपर्छ।

लक्षण
– जोर्नी दुख्ने
– हिँडडुल गर्न नसक्ने
– दैनिक क्रियाकलाप गर्न नसक्ने
– निहुरिन नसक्ने
– घुँडा सुन्निने

उपचार
यो समस्यामा जोर्नी कति खिइएको छ, सोही डिग्रीका आधारमा उपचार गरिन्छ । यदि जोर्नी भर्खरै खिइन लागेको छ भने व्यायाम र फिजियोथेरापी गरेर समस्याबाट छुटकारा पाउन सकिन्छ । मध्यम अवस्थामा छ भने व्यायाम र फिजियोथेरापीसँगै खिइएको जोर्नीमा हाइलोरोनिक एसिड भन्ने चिल्लो पदार्थ हाल्नुपर्ने हुन्छ।

तर, आजभोलि हाइलोरानिक एसिड नहाली स्टेरोइड हाल्ने गरेको पाइन्छ । मैले भने स्टेरोइड नहाल्ने सल्लाह दिने गरेको छु । किनकि स्टेरोइडले जोर्नीभित्रका कुरकुरे हाड नै खाएर झन् कमजोर बनाउँछ ।
कडा खालको खिइएको छ भने फिजियोथेरापीसहित सानो दुरबिनको सहयोगले जोर्नी सफा गर्नुपर्छ । यो विधिलाई ‘आर्थसकोपिक लवाज’ भनिन्छ । यो विधिले ६० देखि ७० प्रतिशतसम्म समस्या निराकरण हुन्छ । यो विधिले पनि निको नभए जोर्नीको प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जोर्नी प्रत्यारोपण भनेको खिइएको जोर्नी निकालेर स्टिलको जोर्नी राख्नु हो । प्रत्यारोपण शरीरको जुनसुकै जोर्नीको पनि गर्न सकिन्छ ।
घुँडाको जोर्नी प्रत्यारोपण गर्दा दुवै जोर्नीको एकै पटक प्रत्यारोपण गर्नु राम्रो मानिन्छ । प्रत्यारोपण गर्दा ८ देखि १० दिन अस्पतालमा भर्ना भएर बस्नुपर्ने हुन्छ । यो समय प्रत्यारोपण अगाडि बिरामी कति हिँड्न सक्छ वा कति व्यायाम गर्न सक्छ भन्ने कुरामा पनि निर्भर गर्भ । व्यायाम गर्न सक्ने बिरामी प्रत्यारोपणको अर्को दिन नै हिँड्न सक्छ ।

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

What is healthy Living / Vestige in Nepal?