कालो चिया कि सेतो चिया ?

 
दुध हालेपछि चियापत्तिमा भएका प्राकृतिक गुणहरुमा बदलाव आँउछ अनि चियापत्तिमा भएमा एन्टी ट्यूमर अनि एन्टी क्यान्सर गुणहरुमा हानी पूर्याँउछ भनी चेरिटी अस्पताल बर्लिन जर्मनीमा बरिष्ट हृदयरोग बिशेषज्ञ भेरेना स्ट्याग्ल बताँउदछन् ।
कालो चिया कि सेतो चिया ? 
यो एउटा धेरैजसो दोहोरिने प्रश्न हो, हाम्रो समाजमा । चिया खाएर जाम, बस्नुस न चिया खाम या एकैछिन सुसाएर चिया खाएर जाम न आदिजस्ता थुप्रै चियाका बहानाहरु हुन्छन् । अनि सदैव दुई प्रकारका चियाहरु हाम्रो सामु प्रस्तुत हुन्छन्, कालो या सेतो ? कालो भन्नाले फिक्का, भुलुक्क उमालेको पानीमा चियापत्ति अनि चिनी हालेर बनाइएको चिया अनि सेतो भन्नाले दुध हालेर बनाइएको चिया । जिब्रो अनुसार फरक हुन्छ स्वाद, कसैलाई कालो चियामा आनन्द लाग्छ भने कोहीलाई सेतो चिया नखाइकन चियाको धीत नै नमर्ने हुन्छ । चियाको यो दुबिधालाई आखिर स्वास्थ अनि अध्ययनहरुले के भन्छन् त ? आउनुहोस् बात मारौं आज , यस आलेखलाई हामीले बिश्वप्रसिद्ध पत्रिका द गार्जियनको अग्रेजी सस्मरणबाट साभार, परिपेक्ष्यकरण अनि अनुवाद गरेका हौं । 
चिया पीउनेले केही हदसम्मको हृदयरोगहरु बाट जोगाँउदछन भने तरिका नमिलेमा अनि अनावश्यक सेवनले अन्य बिभिन्न समस्या देखिने हुन्छ । बिशेषत दक्षिण एसियाली मुलुकहरु अनि बेलायतमा भने चियामा दुध हालेर सेवन गर्ने चलन औधी प्रचलीत छ । जर्मनका केही अध्ययनकर्ताहरुले यूरोपियन हृदयरोग जर्नलमा लेखे अनुसार दुध हालेर चिया पीउनाले फिक्का चियाको तुलनामा क्यान्सर या हृदयरोगको निवारणमा फाईदा नपाउन सक्ने संभावना उल्लेख गरेको पाइन्छ । दुध हालेपछि चियापत्तिमा भएका प्राकृतिक गुणहरुमा बदलाव आँउछ अनि चियापत्तिमा भएमा एन्टी ट्यूमर अनि एन्टी क्यान्सर गुणहरुमा हानी पूर्याँउछ भनी चेरिटी अस्पताल बर्लिन जर्मनीमा बरिष्ट हृदयरोग बिशेषज्ञ भेरेना स्ट्याग्ल बताँउदछन् । यसै बिषयमा थप्दै दुध हालेको र नहालेको चिया सेवन अनि चियापत्तिका बदलिएका गुणहरुका बिषयमा थप अध्ययन जरुरी हुने उनी बताँउदछन् । अध्ययन प्रतिवेदनले केही उदहारणहरु दिँदै चिया दुध नहालेरै पीएमा फाइदा हुने जनाएका छन् । चियामा पाउने क्याटेचीन नामक तत्व चाँही हृदयरोगका लागि फाइदाकारक हुन्छ तर दुधमा हुने प्रोटीन अझ केसीन नामक तत्वले त चियाको क्याटेचीनसंग रसायनिक मिश्रण गरेर क्याटेचीनको असर अनि प्रभाव कम गर्ने प्रमाणीत भएको छ । 
अध्ययन समुहकी प्रमुख मोलिक्यूलर बायोलोजिस्ट मारियो लोरेन्जा अनुसार दुध हालेपछि चियापत्तिका बायोलोजिकल असरहरु कम भएको पाइएको छ । स्म्रण रहोस् अत्याधिक हृदयघातको दर भएको देश बेलायतमा सबैभन्दा धेरै दुध हालेको चिया पीउनेचलन शदियौं देखि छ । कतै यसै कारणले पनि हृदयघातको संभावनालाई बढाइरहेको या नियन्त्रण हुन नदिएको त हैन ? 
तथापी दैनिक व्यायाम, गुणस्तरिय जिवनशैली, तनावको व्यबस्थापन अनि धुम्रपान अनि मध्यपानको कम प्रयोग पनि हृदयरोग निवारणका लागि झनै महत्वपूर्ण कुराहरु हुन् । 
नेपालमा पनि दुध हालेको चिया खाने चलन धेरै नै छ, अझ कालो चियालाई त गरिबी अनि कन्जुसीको पर्याय मानिन्छ जबकी दुध हाल्नुभन्दा नहाल्नु नै राम्रो भनेर अध्ययनहरुले देखाएको पनि छ । दुध बेग्लै पीउने अनि चिया बेग्लै पीउने त्यसका साथै बिहानै हरियो चिया अर्थात ग्रीन टी ले दिनको शुरुवात गर्ने गर्दा कसो होला ?
दुध हालेको चियाको अत्याधिक सेवन अनि चिनीको बढि मात्राले पनि ग्यास्ट्रीक अनि अन्य दिर्घरोगहरु लाग्न सक्ने संभावना रहन्छ । चियालाई स्वस्थ तवरले पीउने गरौं, लेमन टी, ग्रीन टी या सामान्य कालो चिया पनि दुध हालेका चिया भन्दा कम मिठा कहाँ छन् र < 

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

What is healthy Living / Vestige in Nepal?