मुड बुस्टर फल केरा

केराले मुड बुस्टर अथवा हाम्रो मस्तिष्कलाई उत्साहित राख्ने काम गर्दछ । मुड बुस्टरको रुपमा प्रयोगका लागि सायद यो नै सबैभन्दा सस्तो ओखती होला ।
हरेक दिन एउटा केरा खाँदा स्वास्थ्यलाई फाइदा गर्दछ भन्ने कुरा सुन्दा आश्चर्य लाग्न सक्छ । वर्षौँदेखि केरा तौल बढाउने फल भनेर कुख्यात रहँदै आएको छ । अझ तौल घटाउन खोज्नेले केराको सेवन नै बन्देज गर्ने गर्दछन् जुन सबैभन्दा ठूलो गल्ती भएको अनुसन्धानले देखाउँछ ।सबैभन्दा पहिला त, केरामा एक रत्ति पनि चिल्लो हुन्न । यसकारण यसले तौल बढ्छ भन्ने हुँदैन । अनि अर्को मुख्य कुरा भनेको यसमा स्टार्चलाई प्रतिरोध गर्ने रेजिस्टेन्ट स्टार्च पनि हुन्छ । यसले गर्दा धेरैबेरसम्म शरीरलाई भोक लाग्न दिँदैन । धेरै नपाकेको, ठिक्क आकारको एउटा केराले ४.७ ग्राम रेजिस्टेन्ट स्टार्च प्रदान गर्छ, यो भनेको यसले धेरै समयसम्म अडिलो रहेर शरीरमा भोक जाग्न दिँदैन । रेजिस्टेन्ट स्टार्च प्रशस्त रुपमा खाँदा कोलेस्ट्रोल घटाउने र क्यालसियम र म्याग्नेसियमको मात्रा मिलाउने काम गर्छ, यसले शरीरलाई स्वस्थ राखी हड्डी बलियो राख्न पनि मद्दत गर्छ । साथै, पाचनप्रक्रिया पनि सहज बनाउँछ ।
केरामा सही प्रकारको कार्बोहाइड्रेट्स हुने हुनाले शरीरलाई चाहेअनुसारको शक्ति प्रदान पनि यसले गर्छ । यसमा तीन प्राकृतिक चिनीहरु हुन्छन्ः सुक्रोज, पु्रmटकोज र ग्लुकोज साथै धेरै मात्रामा फाइबर पनि पाइन्छ । यसले गर्दा शरीरमा तत्काल उर्जा प्राप्त हुन्छ भने लामो समयसम्म उर्जा शरीरमै रहिरहन्छ पनि ।
यसमा धेरै फलाम पनि हुने हुँदा रगतमा हेमोग्लोबिनको उत्पादन गर्ने काम पनि यसले गर्छ । शरीरबाट थकानलाई टाढै राख्ने हुँदा शारीरिक व्यायाम धेरै गर्ने मानिसहरुका लागि त यो फल अति नै फाइदाजनक हुन्छ । खेलाडीहरुमाथि गरेको अनुसन्धानले खेलको दौरानमा केरा खाँदा घाउचोटपटकबाट छिटो निको बनाउने भेटिएको छ । साथै, स्पोटर्स ड्रिकंस्हरुले भन्दा तुरुन्तै शरीरमा तागत भर्ने काम पनि यसले गर्ने पाइएको छ । सोही अनुसन्धानले पत्ता लगाएअनुसार केराको सेवनले शरीरमा सीओएक्स् २ को उत्पादनमा कमी ल्याउँछ जसको कमीले घाउचोटपटक लाग्दा सुन्निन र दुुख्न दिँदैन । यति मात्र होइन शरीरलाई अरु प्रकारको रोगहरु पनि लाग्न दिँदैन ।
केराले मुड बुस्टर अथवा हाम्रो मस्तिष्कलाई उत्साहित राख्ने काम गर्दछ । मुड बुस्टरको रुपमा प्रयोगका लागि सायद यो नै सबैभन्दा सस्तो ओखती होला । यसमा उच्च मात्रामा ट्रिपटोफ्यान र टाइरोसिन पाइने भएकाले हाम्रो शरीरमा सेरोटोनिन र डोपासिनको उत्पादनले यो फलले हामीलाई हँसिलो र खुशी राख्न मद्दत गर्छ । यति मात्र कहाँ हो र, केरामा पोटासियम पनि हुने हुँदा स्नायुको कार्यप्रणालीमा सहयोगी भूमिका खेल्छ । अनि केरामा हुने प्राकृतिक चिनी तुरुन्तै रक्तनलीमा जाँदा यसले हामीलाई शारीरिक रुपमा सम्पन्न राख्न मद्दत गर्छ । शरीरमा उर्जा पुर्नस्थापना गर्न होस् वा मासु तन्केर अस्वस्थ भएको होस्, केरा सहयोगी हुन्छ । खेल खेल्नुअघि वा शारीरिक व्यायाम गर्नु एक घण्टाअघि वा खेल सकेर एउटा केरा खाँदा पनि शरीरमा उर्जा पुर्नस्थापना गर्न यसले मद्दत गर्छ ।
शारीरिक व्यायाम नै नगरेपनि केरालाई हरेक दिनको हाम्रो खानाको हिस्सा बनाएर यसको भरपुर फाइदा लिन सक्छौँ । यो फललाई यत्तिकै सेवन गर्न सकिँछ, सर्वत बनाएर वा स्याण्डविचमा पनि यसको प्रयोग गर्न सकिन्छ । अरु फलपूmलहरुमा मिसाएर पनि केराको सेवन बढाउन सकिन्छ । बजारमा पाइने महँगो स्पोर्टस् ड्रिकंस्हरुभन्दा केरा प्राकृतिक रुपमा धेरै पैसा खर्चै नगरी पाइने फल हो केरा । यसकारण केराको प्रयोग गरी यसको लाभबाट नछुटौँ ।

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

7 Steps to Transform Your Life (तपाईंको जीवन परिवर्तन गर्न 7 चरणहरू)