पछिल्लो २४ घण्टामा १४ जना काेराेना सङ्क्रमितको ज्यान गयो

 


काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ सहित दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् ।

अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । अहिले काठमाण्डौ, पर्सा, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । 

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

BChat: A Smart Choice

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.