जिउँदा ढुङ्गा

पदको मदमा लठ्ठीएकाहरु
घुम्ने मेचमाथी
अजङ्गको काया अड्याएर
जब सम्म निदाईरहन्छन्
कुम्भकर्णको निद्रा

सुण्ड,मुण्डका झुण्डहरु
आधुनिक संजयझैँ
सुनाईरहन्छन् कृत्रिम विरताको महाभारत
तबसम्म ऊ
समय अधेरीएको देख्दैन
खाडल गहिरिएको भेट्दैन ....१

एक तमास जब वरपर
भजन मण्डलीहरु
गुणगानको गीता भजिरहन्छन्
तब सम्म ऊ
आफुलाई देवलको देवभन्दा बृहत
दर्शनको अथाह सिन्धुझैं
अनन्त ब्रह्माण्डको केन्द्र
ग्यालेक्टिक सेन्टरझैं देख्दछन्
तर देख्दैनन्
बिषमताका ब्ल्याकहोलहरु
तर जहिल्यै मग्न हुन्छन्
आत्मरतिको आनन्दमा....२

लुई चौधौं को खोलमा
आफूलाई नै विश्व ठान्नेहरु
हातका रेखाहरु काटेर
वोनापार्ट बन्न उद्दत छन्
देश जलीरहँदा पनि
निरो झै बाँसुरीको धुनमा मस्त छन्
ढुङ्गा झैं मन भएका मान्छे र
मान्छे झैं आवरण भएका ढुङ्गाहरु....३

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

7 Steps to Transform Your Life (तपाईंको जीवन परिवर्तन गर्न 7 चरणहरू)