नवमानव

जगतमा नव-मानव भो अरे फगत-मा-नव-मानव जो छ रे
छ त कुनै उस-मा-नवता कतै भन सखे ! मन-मा-नवता भए

पर छ जो उस-मा- नवता, समा भर छ केवल ऊ रति-तासमा
अनि छ लत् उसको मधु-मांसमा तर नि भन्छ सधैँ छ विवेक् ममा

न छ दया अनि सत्य, पवित्रता नियम, ज्ञान र ध्यान, सुमित्रता
छ त कतै नव चिन्तन वेदको सकल लोक छ व्यापक भेदको

न छ कुनै उसमा-नव संस्कृति न छ कुनै उसमा नव आकृति
तर नि ऊ नव-मानव भो अरे फगत-मा-नव-मानव जो छ रे

भन न मानव - मा-नवता गयो अब त मा-नव दानव पो भयो
र पनि भन्छ म मानव हो अरे जगतमा नव-मानव भो अरे

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

What is healthy Living / Vestige in Nepal?

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.