Posts

Showing posts from April, 2020

आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ

Image
कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आपूmमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण समेत गरिसकेको छ ।  लेखकद्वय क्याटी केय तथा क्लेयर सिपम्यानद्वारा लिखित “द कन्फिडेन्स कोड” नामक किताबमा मानिसहरुले आत्मविश्वास कसरी बढाउन सक्छन् भनेर गरेको खोजीको व्याख्या गरिएको छ । उनीहरुको अनुसन्धानअुनसार आत्मविश्वास इच्छिक हुने गरेको वा हाम्रो इच्छामा भर पर्ने देखियो । हाम्रो अथक प्रयासले हामीले हाम्रो आत्मविश्वास बढाउन सक्छौँ । तर यो दौरानमा हामी पूरा सिद्ध वा पर्पेmक्ट बन्ने प्रयासबाट आपूmलाई जोगाउनुपर्छ र ठक्कर खानका लागि पनि तयार रहनुपर्छ । यसका लागि त्रुटिपूर...

कोरोना भाइरस (कोभिड-१९) - भ्रम र यथार्थ

Image
कोरोना भाइरस सम्बन्धी गलत हल्ला-भ्रमहरूको बारेमा सही जानकारी १. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ। २. के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ? हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन। लसुन स्वास्थ्यको लागि लाभदायक छ र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ। ३. के तिलको तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्छ? तिलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन। तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन। भुई वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्नर् ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइटहरू भएको रसायन वा घोलक, प्रयोग गर्नु पर्छ।यी रसायनहरू कहिले पनि मानिसको शरीरमा प्रयोग गर्न हुदैन। यस्ता रसायनहरू छालामा परेमा हानिकारक हुन्...

जिउँदा ढुङ्गा

Image
पदको मदमा लठ्ठीएकाहरु घुम्ने मेचमाथी अजङ्गको काया अड्याएर जब सम्म निदाईरहन्छन् कुम्भकर्णको निद्रा र सुण्ड,मुण्डका झुण्डहरु आधुनिक संजयझैँ सुनाईरहन्छन् कृत्रिम विरताको महाभारत तबसम्म ऊ समय अधेरीएको देख्दैन खाडल गहिरिएको भेट्दैन ....१ एक तमास जब वरपर भजन मण्डलीहरु गुणगानको गीता भजिरहन्छन् तब सम्म ऊ आफुलाई देवलको देवभन्दा बृहत दर्शनको अथाह सिन्धुझैं अनन्त ब्रह्माण्डको केन्द्र ग्यालेक्टिक सेन्टरझैं देख्दछन् तर देख्दैनन् बिषमताका ब्ल्याकहोलहरु तर जहिल्यै मग्न हुन्छन् आत्मरतिको आनन्दमा....२ लुई चौधौं को खोलमा आफूलाई नै विश्व ठान्नेहरु हातका रेखाहरु काटेर वोनापार्ट बन्न उद्दत छन् देश जलीरहँदा पनि निरो झै बाँसुरीको धुनमा मस्त छन् ढुङ्गा झैं मन भएका मान्छे र मान्छे झैं आवरण भएका ढुङ्गाहरु....३

नवमानव

जगतमा नव-मानव भो अरे फगत-मा-नव-मानव जो छ रे छ त कुनै उस-मा-नवता कतै भन सखे ! मन-मा-नवता भए पर छ जो उस-मा- नवता, समा भर छ केवल ऊ रति-तासमा अनि छ लत् उसको मधु-मांसमा तर नि भन्छ सधैँ छ विवेक् ममा न छ दया अनि सत्य, पवित्रता नियम, ज्ञान र ध्यान, सुमित्रता छ त कतै नव चिन्तन वेदको सकल लोक छ व्यापक भेदको न छ कुनै उसमा-नव संस्कृति न छ कुनै उसमा नव आकृति तर नि ऊ नव-मानव भो अरे फगत-मा-नव-मानव जो छ रे भन न मानव - मा-नवता गयो अब त मा-नव दानव पो भयो र पनि भन्छ म मानव हो अरे जगतमा नव-मानव भो अरे