मलाई मेरो कृष्णको औधी आवश्यकता छ

मलाई मेरो कृष्णको औधी आवश्यकता छ

समय बित्दै गयो । म पनि व्यवहारको बोझमा थिचिएकी थिएँ । बिस्तारै भाइ, बहिनीले पनि आफ्नो-आफ्नो पढाइ पूरा गरे । भाइ-बहिनीले पनि मलाई दिज्यू हजुरले विवाह गर्नुस् भन्ने गर्थे । आमाबाबा दुवैको सडक दुर्घटनामा मृत्यु भएकोले घर चलाउँदै र बाबाको कार्य व्यवहार हेर्दै समयले नेटो
काटिसकेछ । मैले तीस वर्षनाघिसकेछु । आज नयाँ साल लागेको दिन† हामी तीनै दिदीभाइ बसेर हिसाब गर्‍यौँ र पो म झल्यास्स भएँ । मेरो कताकता अचेतन मनभित्र विवाह गर्ने इच्छा पलायो, तर मैले भाइबहिनीसित भन्न सकिनँ । भाइबहिनी पनि विवाह गर्न लायक भएका थिए । भाइबहिनी दुवैको यही वर्षभत्र विवाह गर्नुपर्छ भन्ने लागेको थियो ।
भाइले त एउटा घरनजिकैकी केटीलाई मन पराएको थियो, बहिनीको चाहिँ कोसित विवाह गर्ने होला – कसरी गर्ने होला – यस्तै कुरा खेलाउँदै थिएँ । नववर्षो शुभकामनाको आदानप्रदान गर्नेको फोनको घण्टी घरमा बजिरहेको थियो । कहिले भाइका साथी, कहिले बहिनीका साथी, कहिले मेरै साथीको फोनका घण्टीले घरमा रौनक ल्याइरहेको थियो । म सधैँभन्दा आज धेरै भान्सामा व्यस्त थिए । भाइबहिनीलाई मनपर्ने खानेकुराका परिकार तयार पार्दै मलाई फर्ुसद थिएन । बहिनीचाहिँ बिहानदेखि शृङ्गारपटार गरेर अनि राम्री देखिएकी थिई । कहिलेकाहीँ त मलाई पनि बहिनीले शृङ्गारपटार गर्दा भित्रदेखि डाहा लाग्दथ्यो । तर म झट्ट आफूलाई सम्हालेर मनलाई सम्झाउँथेँ हैन म पनि आमाबाबा भएका भए शृङ्गारपटार गरेर नक्कल पारेर साथीसँग कति घुम्थेँ होला । बिचरा बहिनी हो, उसको हक छ, म जेठी परेँ, मैले पो व्यवहार सम्हाल्न कर लाग्यो र शृङ्गारतिर ध्यान दिइनँ । मैले भाइबहिनीलाई आमा-बाबाको अभाव बिर्सा सक्नु्पर्छ । त्यसैले कुनै कुरामा पनि कहिल्यै रोकटोक गरिनँ । बरु जस्तो आमाबाबा हुँदा पाउने सुविधा थियो त्योभन्दा बढ्ता उनीहरूलाई दिँदै गएँ । हामीलाई सम्पत्तिको कमी थिएन । बाबाले जोडिदिएको खेतबारीले हामीलाई खर्च पुगिरहेको थियो । मेरो अधिकृत तहको जागिरको कमाईले पनि भाइबहिनीको विवाह गर्न पुग्थ्यो ।
म धेरै एकोहोरिएर सोचिराखेकोले पालकपनिरको पानी सुकेर डढेको गन्ध बाहिरसम्म पुगेछ । भाइले दिज्यू के डढ्यो भन्दै भान्सातिर आउँदा पो म झल्यास्स भएँ र झट्ट पालकपनिरमा पानी हालेर, खाना तयार भयो, भाइ, अब खान आऊ, बहिनीलाई पनि बोलाऊ भनेँ । भाइ मेरो नजिक आयो र भन्यो “दिज्यू हजुरले किन यति दुःख गर्नुहुन्छ, अब यो वर्षमैले नोकरी गरेपछि घरको व्यवहारको जिम्मा मेरो । हजुरले पनि बहिनीले जस्तै शृङ्गार गर्ने गर्नु न दिज्यू, हजुर त त्यसै ब्यूटी झन् ब्यूटी हुनुहुन्थ्यो” भन्दै जिस्काउँदै मेरो नकोरेको कपाल तानेर जुरो फुकालिदियो । ल बहिनीलाई बोलाएर खाना बाहिर टेबुलमा लगाऊ म कपाल कोरेर आउँछु भन्दै म भान्साबाट निस्केर कपाल कोर्न कोठामा गएँ । बहिनी कोठामा फोन गर्दै थिई । आज ऊ साथीसँग बाहिर घुम्न जाने कुरा हुँदै थियो । मैले ऐनामा आफ्नो अनुहार हेरेँ । किन हो कुन्नी आफ्नै अनुहार बारबार ऐनामा हेरिरहू जस्तो लाग्यो । मैले आफू तीस वर्षलागेको महसुस नै गरिनँ । अस्ति भर्खर मलाई कृष्णले विवाह गर्ने होइन भन्दै अफिसमा छेडछाड गर्दै थियो । मैले कोसित भनेर सोद्धा उसले कोसित नि मसित भनेको थियो । म तिमी भनेपछि हुरुक्क हुन्छ उसले थपेर भन्यो । ऊ अहिले अमेरिकामा राजदुत भएर गएको छ । हुन त ऊ परिवारवाला मान्छे हो । मलाई विश्वास छ उसले मैले भनेपछि परिवार पनि छोड्छ । आज बिहानै उसले मलाई नयाँ वर्षो शुभकामना दिएको थियो फोनबाट । मलाई थाहा छ, उसले मलाई साँच्चिकै माया गर्छ । तर म उसलाई अपनाउन सक्दिनँ किनभने उसको परिवार छ । अचेतन मनले उसलाई आफ्नो बनाए पनि चेतन मनले भने म त्यसो गर्न सक्दिनँ ।
हामी तीन दिदी, भाइ, बहिनी मिलेर खाना खायौँ । भाइ, बहिनी आफ्ना-आफ्ना साथीसँग घुम्न गए । म कोठा, चोटा सफा-सुग्घर गरेर घरैमा बसेँ । बेलुका भाइबहिनीले विवाह गर्ने कुरा मेरो साम्ने राखे मैले तिनीहरूको विवाह गरेपछि मात्र म गर्छुनेँ ।
आज फेरि पाँच वर्षछि नयाँ वर्षो आगमन भएको छ । भाइबहिनीले घर बसाएर पनि बालबच्चा भइसकेका छन् । भाइ प्राइभेट बैङ्कको मेनेजर भयो । बहिनी जि.एम.की श्रीमती । दुवैको चकाचक छ । मलाई भाइले बूढोघर दिएको छ । दिज्यू हजुरले विवाह गर्नु, आज पनि भाइ फोन गर्दा भन्ने गर्छ । कहिलेकाहीँ मकहाँ भाइ आउँछ । म पनि कहिलेकाहीँ उसकोमा जान्छु । पहिलाको जस्तो नयाँ वर्षो आगमन भने यो घरमा हुन छाडेको छ । फोनका घण्टी पातलिएका छन् । तर पनि मेरो कृष्ण मेरै छ । ऊ प्रत्येक नयाँ वर्षा मलाई सम्झन्छ र शुभकामना दिन्छ । केही न केही त उसले मलाई पठाइरहेकै हुन्छ । कहिलेकाहीँ म उसले दिएका सामान नखोली त्यसै राख्छु । तर पछि नखोली नहेरी मनै मान्दैन । आज त मैले पनि भनिदिएँ, कृष्ण म तिमीसित विवाह गर्छर्ुुनेर । उसले विश्वास नगरेर बिहानदेखि अहिलेसम्म अमेरिकाबाट पाँचपटक फोन गरिसक्यो । उसले भन्यो “प्रिया झ् साँच्ची भनेकी हौ कि मजाक मात्र हो, आज के भयो – म तीन दिनभित्र त्रि्रो घरमा आउँदैछु । म तिमीलाई बगलामुखी माताको सामुन्ने विवाह गरेर अमेरिका लिएर र्फकन्छु ।” तर मलाई चाहिँ भनिहालेँ भनेर डर लागिरहेछ । ऊ राजदूत हो । पत्रिकाले भोलि यो खबर छापेर समाचार बनाउन सक्छ मेरो पनि त इज्जत छ नि झ् त्यो प्रिया विवाह गर्दिनँ भन्थी आज त अर्काको घर बिगारेर गई भन्नेछन् धेरैले । हुन त कृष्णसँगको मेरो प्रेम उसको विवाह नहुँदैदेखि हो । उसले त भनेकै थियो, “प्रिया, तिमी मेरी जेठी हौ । म यो कुरा मेरी हुनेवालीसँग पनि भन्छु ।” उसले भन्यो-भनेन, उही जानोस् तर मेरो कृष्ण डराउनेवाला छैन । उसले मलाई हरहालत राम्ररी राख्छ भन्ने कुरामा मलाई विश्वास छ । मैले आफूलाई नियालेँ, म पैँतीस वर्षी भएकी छु† अब पनि विवाह गरिनँ भने मेरा बालबच्चा हुँदैनन् । यसपाली म विवाह गर्न र बच्चा जन्माउन लालायित छु । मभित्रको मातृवात्सल्य सल्बलाएको छ । कृष्णसँग विवाह गरी छोरो पाएर लोर्के छोरालाई डोर्‍याउँदै हिँड्न मलाई मन लागेको छ । त्यसैले आज मलाई मेरो कृष्णको औधी आवश्यकता छ ।

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

What is healthy Living / Vestige in Nepal?