मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।


मृत्यू आनन्द रैछ ।
मृत्यू शान्ति रैछ ।
मृत्यू कामना रैछ ।
मृत्यू भावना रैछ ।
जीवनको अन्तिम सत्य मृत्यू मात्र रैछ ।

मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।

मैले जीवन बिदाई गरिसकें ।
मैले चीता जलाईसकें ।
म पर पुगिसकें ।
मैले सबैलाई भुलिसकें ।

जीवन नजान्नेलाई काँडा रैछ ।
थाहा नपाउनेलाई कष्ठ रैछ ।
भागनेलाई लखेट्दो रैछ ।
जीउनेलाई जिवन रैछ ।
मेर्नेलाई जहिले नि मृत्यू रैछ ।

मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।

मैले मृत्यू भेटी कुरा गरिसकें 

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

प्रत्यक्ष बिक्री व्यवसाय (शून्य लगानी) मैले भेस्टिजमा किन सामेल हुनुपर्छ?भेस्टिज व्यापार योजनाका विशेष लाभहरू

7 Steps to Transform Your Life (तपाईंको जीवन परिवर्तन गर्न 7 चरणहरू)