मलाई मेरो कृष्णको औधी आवश्यकता छ
मलाई मेरो कृष्णको औधी आवश्यकता छ समय बित्दै गयो । म पनि व्यवहारको बोझमा थिचिएकी थिएँ । बिस्तारै भाइ, बहिनीले पनि आफ्नो-आफ्नो पढाइ पूरा गरे । भाइ-बहिनीले पनि मलाई दिज्यू हजुरले विवाह गर्नुस् भन्ने गर्थे । आमाबाबा दुवैको सडक दुर्घटनामा मृत्यु भएकोले घर चलाउँदै र बाबाको कार्य व्यवहार हेर्दै समयले नेटो काटिसकेछ । मैले तीस वर्षनाघिसकेछु । आज नयाँ साल लागेको दिन† हामी तीनै दिदीभाइ बसेर हिसाब गर्यौँ र पो म झल्यास्स भएँ । मेरो कताकता अचेतन मनभित्र विवाह गर्ने इच्छा पलायो, तर मैले भाइबहिनीसित भन्न सकिनँ । भाइबहिनी पनि विवाह गर्न लायक भएका थिए । भाइबहिनी दुवैको यही वर्षभत्र विवाह गर्नुपर्छ भन्ने लागेको थियो । भाइले त एउटा घरनजिकैकी केटीलाई मन पराएको थियो, बहिनीको चाहिँ कोसित विवाह गर्ने होला – कसरी गर्ने होला – यस्तै कुरा खेलाउँदै थिएँ । नववर्षो शुभकामनाको आदानप्रदान गर्नेको फोनको घण्टी घरमा बजिरहेको थियो । कहिले भाइका साथी, कहिले बहिनीका साथी, कहिले मेरै साथीको फोनका घण्टीले घरमा रौनक ल्याइरहेको थियो । म सधैँभन्दा आज धेरै भान्सामा व्यस्त थिए । भाइबहिनीलाई मनपर्ने खानेकुराका परिकार तया