घर फर्कन नपाउँदा परदेशमै श्रमिकको प्रदर्शन, उडान सङ्ख्या थपिदिन राजदूतहरुको माग
काठमाण्डौ – समयमा घर फर्कन नपाएपछि नेपाली श्रमिकहरुले परदेशमै आफ्नो सरकार विरुद्ध प्रदर्शन थालेका छन् । कोरोना महामारी सुरु भएदेखि नै बेरोजगार भएर घर फर्कने प्रतिक्षामा रहेका उनीहरु प्रदर्शनमा उत्रन बाध्य भएका हुन् । कोरोना महामारी सुरु भएपछि झण्डै तीन महिना जहाज उडेनन् । त्यसपछि समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीकै लागि चार्टर्ड जहाज उड्न थाले । तर घर फर्कने नेपाली धेरै र उडान सङ्ख्या थोरै हुँदा आफैं टिकट काटेर आउँछु भन्ने श्रमिक पनि फर्कन पाएनन् । हातमा सुको नभएर टिकटै काट्न नसक्ने श्रमिकको समस्या त परको कुरा । श्रमिकहरु महिनौंदेखि हजार दुःख सहेर घर फर्कनैका लागि कुरिरहेका छन् । तर कहिले उडान नै स्थगित गर्ने कहिले भाडामा मोलतोल गर्ने त कहिले नेपाली लिन गएको जहाज पनि रित्तै फर्कनेजस्ता प्रवृत्तिले श्रमिकको धैर्यताको बाँध फुट्न थालेको छ । त्यसैले उनीहरु परदेशको कानुन र परिस्थितिको वास्तै नगरी सडकमै आन्दोलन गर्न बाध्य भएका हुन् । घटना १ : गएको वैशाख २३ गते यूएईको कम्पनीमा काम पनि नभएको र खाना बस्न पनि नपाएको भन्दै नेपालीहरु झोला बोकेर दूतावासको गेटमा पु...